नेप्सेले गुहार्‍यो धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेले गुहार्‍यो धितोपत्र बोर्ड



काठमाडाै १५ असार । बिहीबार धितोपत्रहरुको दोस्रो बजारमा खरिदबिक्री सम्बन्धी कुनैपनि कारोबार हुन नसकेको प्रति नेपाल स्टक एक्चेन्ज नेप्सेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेप्सेले यसरी दिनभर कारोबार नगरी बजार पूर्णतया बन्द हुनु अन्तर्राष्ट्रिय मूल्य मान्यता बिपरीत रहेको, लगानीकर्ताको लगानीमा तरलता अवरुद्ध हुन पुगेको साथै बजार सञ्चालनको मूल उद्देश्यमाथि नै आघात पर्न गएको स्पष्ट पारेको छ ।

नेप्सेले हाल देखिएका समस्याहरु उपयुक्त माध्यमबाट समाधान गर्ने र बजारलाई सुचारु गर्नेतर्फ सरोकारवाला सबैको जोड हुनुपर्ने बताएको छ ।

यस सन्दर्भमा नेप्सेले सदस्य दलालहरुलाई अबिलम्ब कारोबार सञ्चालन गर्न तथा नियमक निकाय नेपाल धितोपत्र बोर्डलाई बजार सञ्चालनका लागि आवश्यक वातावरण निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गरिदिन आह्वान गरी पत्राचार समेत गरेको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् ।

प्रकाशित : १५ असार २०७४, बिहीबार १५:०५