सानिमा माई हाइड्रोपावरले पायो १००% हकप्रद बिक्री गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा माई हाइड्रोपावरले पायो १००% हकप्रद बिक्री गर्ने अनुमति



काठमाडाै १६ असार ।सानिमा माई हाइड्रोपावरले १००% हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यो हकप्रदमा सनराइज क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा सानिमा माईको सेयर पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले तेस्रो त्रैमासमा २६ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ०६:१२