लक्ष्मी बैंकको ३ लाख ९४ हजार कित्ता सेयरको लिलामी खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकको ३ लाख ९४ हजार कित्ता सेयरको लिलामी खुला



काठमाडाै १६ असार ।लक्ष्मी बैंकले आज  देखि सर्वसाधारण समूहको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी असार २३ गतेसम्म निवेदन दिन पाउनेछन् । यसका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर काठमाडौंमा पुग्नेगरी फारम बुझाउनु पर्नेछ । बोलपत्र असार २५ गते बिहान ११ बजे लक्ष्मी बैंक लिमिटेड, हात्तिसार काठमाडौंमा खोलिनेछ । बैंकले बाँडफाँटमा नपरेका आवेदकहरुको रकम बाँडफाँट गरिएको तेस्रो दिनदेखि लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर काठमाडौंबाट फिर्ता गर्नेछ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार १०:२२