छ्याङ्दी हाइड्रोको साधारण शेयर बाँडफाँट, तपाईलाई कति पर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

छ्याङ्दी हाइड्रोको साधारण शेयर बाँडफाँट, तपाईलाई कति पर्यो ?



काठमाडौं, १७ असार  । छ्याङ्दी हाइड्रोको साधारण शेयर शनिबार बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको पाँच लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार टङ्गालस्थित अम्रपाली व्याङवेटबाट कम्पनीको शेयर बाँडफाँट गरेको हो ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता देखि ७१० कित्तासम्म शेयर आवेदन दिनेले गोदलाप्रथाबाट १० कित्ता शेयर पाउने भएका छन् । त्यस्तै सोभन्दा माथि आवेदन दिनेले अनिवार्य १ दशमलव २५ प्रतिशतका दरले शेयर पाएका छन् । कम्पनीमा अधिकतम २७०० कित्ता आवेदन दिने पाउने व्यवस्था गरेको मा अधिकतम आवेदन दिनेले ३४ कित्ता शेयर प्राप्त गरेका छन् ।

प्रकाशित : १७ असार २०७४, शनिबार ०६:१६