सिद्धार्थ बैंकको विशेष साधारणसभा सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकको विशेष साधारणसभा सकियो



काठमाडौं, १८ असार । सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकका शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद शेयर र त्यसपछि कायम हुने चुक्ता पुँजीको १० प्रतिशत अर्थात् दस बराबर एक कित्ता हकप्रद शेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ । तत्पश्चात् बैंकको चुक्ता पुँजी सात अर्ब ५० करोड पुग्नेछ ।

बैंकले हाल देशभर रहेका ७० शाखा, दुुई एक्स्टेन्सन् काउन्टर, ९० एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंक ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड र कर्जा लगानी ६६ अर्ब २६ करोड रहेको छ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ११:२३