स्मरण सकोसको सदस्य शिक्षा कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्मरण सकोसको सदस्य शिक्षा कार्यक्रम



काठमाडौं १९ असार । डिल्लीबजारमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्था लि. ले गत शनिबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक दिपक पनेरु प्रशिक्षक कुमार खत्री रहनु भएको उक्त कार्यक्रमा संस्थाका अध्यक्ष सुकप्रसाद चौलागाईको सभा अध्यक्षता रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव निर्मलप्रसाद हुमागाईले गरे। कार्यक्रममा प्रशिक्षक कुमार खत्रीले वचत किन र के का लागि गर्नु पर्ने र आफूले वचत गरेको संस्थाको बारेमा चासो र चिन्ता गरि रहनु पर्ने कुरामा सदस्यहरुलाई प्रस्ट्याए ।

सो कार्यक्रम सदस्यहरुको क्षमता अभिबृद्धि, सदस्यहरुमा आर्थिक सम्बृद्धि र सुशासन प्रति केन्द्रित रहेको थियो । करिव पाँच घण्टासम्म चलेको उक्त सदस्य शिक्षा कार्यक्रममा संस्थाका सम्पूर्ण संचालक समिति, लेखा समिति, ऋण उप समिति, कर्मचारीहरु र ४५ जना सदस्यहरु उपस्थित थिए ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०६:०६