संचालकसँग टसल परेपछि श्रेष्ठले बैंक अफ काठमाण्डू छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

संचालकसँग टसल परेपछि श्रेष्ठले बैंक अफ काठमाण्डू छाडे



काठमाडाै १९ असार ।  बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजिनामा दिएका छन् । उनले यहि असार मसान्तबाट लागू हुनेगरी बैंक संचालक समक्ष राजिनामा दिएका हुन् । बैंक अफ काठमाण्डूमा झण्डै ८ बर्ष विताएका श्रेष्ठले आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् ।

बैंक व्यवस्थापनबीच सीइओ परिवर्तनको सम्बन्धमा छलफल चलिरहँदा उनले राजिनामा दिएका हुन् । उनको दोस्रो कार्यकाल २०७४ फागुनमा सकिँदैछ । बैंक संचालकसँग टसल परेपछि उनले आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएको बैंक स्रोतले जानकारी दिएको छ । बैंकिङ क्षेत्रमा ३२ बर्ष विताएका श्रेष्ठले यस अघि स्ट्ण्डर्ड चाटर्ड बैंक र एनएमबी बैंकमा काम गरेका थिए ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०९:१४