तिनाउ विकास बैंक शेयर शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तिनाउ विकास बैंक शेयर शेयर लिलामीमा



काठमाडौं, २० असार  । तिनाउ विकास बैंकले पनि हकप्रदमा नबिकेकको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

गत वैशाख १९ देखि जेठ २२ गतेसम्म १० बराबर ३.५ अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६ कित्ता शेयर निष्काशन गरेको बैंकको ३१ हजार ४९७ कित्ता शेयर बिक्री भएको छैन् । हकप्रदमा नबिकेको उक्त शेयर बैंकले लिलामीबाट बिक्री गर्न लागेको हो ।

लिलामीबाट बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार २० देखि असार २७ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटलबाट गोप्य सिलबन्दीबाट शेयरमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २० असार २०७४, मंगलवार ०५:१५