सीडीएससीले भन्यो ,सेयर किनेको पैसा दुई दिन भित्रै बुझाउनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सीडीएससीले भन्यो ,सेयर किनेको पैसा दुई दिन भित्रै बुझाउनु



काठमाडाै २० असार । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर कारोबार बापतको रकम २ कार्य दिन (टी प्लस टु) भित्र बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । यसअघि ३ कार्य दिनभित्र बुझाउनुपर्ने व्यवस्था थियो । नयाँ क्लियरिङ बैंक थपिएपछि सीडीएससीले राफसाफ अवधि पनि राफसाफ तथा फस्र्योट अवधि पनि छोटो बनाएको हो । तोकिएको समय अवधिभित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारवाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैं नै जिम्मेवार हुनुपर्ने सीडीएसीलले बताएको छ ।

सिडिएससिले गत आइतबारदेखि नेप्सेमा भएको कारोबारको राफसाफ तथा फछ्र्यौट मल्टीपल क्लियरिङ बैंक मार्फत नेट सेटलमेन्ट प्रणाली अनुसार गर्दे आएको छ । राफसाफ बैंक तथा नेटिङ्ग प्रणाली मार्फत् गरिने अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यविधि, २०७४ बमोजिम यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित : २० असार २०७४, मंगलवार १२:४७