छ्याङदीको रकम आजदेखि फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

छ्याङदीको रकम आजदेखि फिर्ता



काठमाडौं, २१ असार ।छ्याङदी हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) का निम्ति आवेदन दिने लगानीकर्तालाई आजदेखि नपरेको रकम फिर्ता दिन शुरू भएको छ । कम्पनीले जेठ १४ गतेदेखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । असार १७ गते बाँडफाँड गर्दा नपरेको रकम कम्पनीले फिर्ता दिन शुरू गरेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) देखि ७१० कित्ता (७१ हजार रुपैयाँ) सम्म शेयर आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् । त्यस्तै सोभन्दा माथि आवेदन दिनेले अनिवार्य १ दशमलव २५ प्रतिशतका दरले शेयर पाएका छन् ।

यसैबीच कम्पनीको शेयरमा आवेदन दिँदा देहायका १७ बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताको रकम खातामा नै आउने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । त्यस्तै अन्य बैंकको खाता प्रयोग गर्ने लगानीकर्ताहरूले आफ्नो रकम फिर्ताको चेक प्राप्त गर्नका लागि आवेदन बुझाएकै स्थानमा जानुपर्नेछ।

 

प्रकाशित : २१ असार २०७४, बुधबार ०६:४१