नेपाल इन्भेष्टमेन्ट र एस डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असार २९ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट र एस डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असार २९ गतेदेखि



काठमाडौं, असार २२ । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार असार २९ गतेदेखि शुरू गर्ने भएको छ । इन्भेष्टमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले असार १ गते एस डेभलपमेन्ट बैंकलाई गाभ्नका निम्ति अन्तिम स्वीकृति दिएको थियो ।

दुई संस्थाले गत चैत २५ गते विषेश साधारणसभा आह्वान गरी एक आपसमा गाभ्ने गाभिने निर्णय गरेका थिए । एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंककै नामबाट हुनेछ । दुई संस्था गाभिएपछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हाराहारी पुग्नेछ ।

प्रकाशित : २२ असार २०७४, बिहीबार ०७:३१