एन.आई.सी एशियाको नयाँ शाखा कालिकोटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन.आई.सी एशियाको नयाँ शाखा कालिकोटमा



काठमाडाै २२ असार । एन.आई.सी एशिया बैंकले ग्रामिण क्षेत्रमा बैंकिङ्ग सेवा विस्तार गर्दे लैजाने लक्ष्य अनुरुप कालिकोटको मान्मामा विहीबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

एनआईसी एशियाको खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्माको नयाँ शाखाको उद्धाटन नगरपालिकाका मेयर जसि पाण्डे र कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकको रुपमा सेवा प्रदान गर्दे आएको एनआईसीको ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ।

 

प्रकाशित : २२ असार २०७४, बिहीबार १०:०३