सन्राइज बैंकको सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सन्राइज बैंकको सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा



काठमाडौं २२ असार  । सन्राइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालको उपस्थितिमा बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

प्रकाशित : २२ असार २०७४, बिहीबार १०:५२