सितापाइलाको सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा कफी ब्रेकको आउटलेट « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

सितापाइलाको सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा कफी ब्रेकको आउटलेट



काठमाडौं २२ असार । काठमाडौंको सितापाइलामा रहेको सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा कफी ब्रेकको आउटलेट संचालनमा आएको छ।

यो आउटलेटमा ताजा ब्रिउड कफी पाइन्छ। कफीको साथै ताजा वेकरी,आइस टी,स्मोथिज,लस्सी र मिल्क सेक पाइने पोस हस्पिटालिटीका अध्यक्ष पोषण रिजालले बताए। कम्पनीले कफीको आउटलेटसँगै फूड फेष्टको स्टल पनि रहनेछ।

कम्पनीका अनुसार यसमा खुला किचनका साथै संयुक्त विलिङ प्रणाली समेत रहनेछ।यो फूडफेष्टमा सेल्स सर्भिस रहने कम्पनीले जनायो।फूड फेष्टमा फूड ग्यादरिङ तथा फूड पार्टी गर्न सकिने रिजालले बताए।यो रेष्टुरेन्टमा मम,स्याण्डविच,रोल,समोसा,पानीपुरी र चाउमिन पाइने कम्पनीले जनायो।उनले कफी ब्रेक र फूडफेष्टलार्इ देशभरी विस्तार गर्ने बताए।रिजाल बाजेको सेकुवा बत्तिसपुतलीको म्यानेजर भएर काम गरेका थिए।

२०७४/असार २० गते प्रकाशित

प्रकाशित : २२ असार २०७४, बिहीबार १५:३५