एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त



काठमाडौ,२३  असार । एनसेल प्रालिको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।

एनसेलका यसअघिका प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रहेर दक्षिण एसिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन् ।

नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिंगापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिंगापुर), मोबिटेल (श्रीलंका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संंगालेका छन् ।

‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु । एनसेलसँग आबद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्रान्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालका लक्ष्य प्राप्तिमा योगदान पु¥याउँदै, आजीआटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’ एनसेलका नवनियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले भने ।

एनसेलसँग आबद्ध हुनुअघि अमरासेकरा आजीआटा गु्रप बर्हादको प्रधान कार्यलय क्वालालम्पुर, मलेसियामा रणनीतिक परियोजना निर्देशकको रुपमा गु्रपले दक्षिण एसियाली क्षेत्रहरु बंगलादेश, नेपाल, श्रीलंका तथा पाकिस्तानमा पहल गरेका कार्यमा केन्द्रित थिए ।
अमरासेकराले अमेरिकाको न्युयोर्कस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जिनियरिङमा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन् ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ०६:१२