दाताको दादागिरीः पुनर्निर्माणको सवा खर्ब आफूखुसी खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दाताको दादागिरीः पुनर्निर्माणको सवा खर्ब आफूखुसी खर्च



काठमाडौं २५ असार । भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनमा घोषणा गरिएको १ खर्ब २० अर्ब रुपैयाँ विभिन्न राष्ट्रले आफूखुसी खर्च गरेको पाइएको छ । दुई वर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसँग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाइएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने पुनर्निर्माण प्राधिकरणको आँकलन छ । पुनर्निर्माणका लागि बजेट अभाव भइरहँदा दाताहरुले यसरी आफूखुसी खर्च गर्दा एकातिर कार्यक्रमहरु दोहोरिने र अर्कोतर्फ बजेट व्यवस्थापनमै समस्या देखिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल अर्थ मन्त्रालयसँग सम्झौता भएका कतिपय बजेट ती निकायले आफू निकटका विभिन्न गैरसरकारी निकायमार्फत सोझै खर्च गरिरहेको बताउँछन् । आजको कारोबार दैनिकमा खबर छ ।

२०७४ असार २५ गते प्रकाशित

प्रकाशित : २५ असार २०७४, आईतवार ०२:३१