सेयर धितोमा राखेर लिने कर्जामा कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर धितोमा राखेर लिने कर्जामा कडाई



काठमाडाै २५ असार । नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर लिने कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दै सेयर धितोबाट बैंक तथा वित्तीय सस्थाहरुले प्रदान गर्दै आएको कर्जामा राष्ट्र बैंकले कडाइ गरेको हो ।

अब बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने छन्। यसअघि बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जामा ५० प्रतिशत सम्म रकम प्रदान गर्दै आइरहेका थिए ।

साथै मौद्रिक नीतिले एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । यस अघि आफ्नो प्राथमिक पुँजीको बढीमा २० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो ।

प्रकाशित : २५ असार २०७४, आईतवार ०८:५३