यस्ता छन राष्ट्रिय सहकारी बैंकका नविन सेवाहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्ता छन राष्ट्रिय सहकारी बैंकका नविन सेवाहरु



काठमाडाै २५ असार । राष्ट्रिय सहकारी बैंकको १५ औं स्थापना दिवसको अवसरमा पारेर नविन सेवाहरु शुभारम्भ गरेको छ । बैंकले अाईतबार एक कार्यक्रमको अायोजना गरि इन्टरनेट पेमेन्ट सिस्टम (IPS) अाइपिएस, एसएमएस, मोबाइल बैंकिङ् स्लाईडको नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

सो सेवाको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब प्रसाद बडालले एक कार्यक्रमका बिच उदघाटन गरे । कार्यक्रममा बै‌ंकका सेवाहरुको जानकारी दिदै राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले अाउदा दिनमा बैंकलाई प्रविधी मैत्री बनाउदै लैजान विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए । कार्यक्रममा बैंकले सञ्चालन गरेका नविन सेवाकाे क्रमश अाइपिएसका बारेमा नवराज उपाध्याय र एसएमएस इन्टरनेट बैंकिङका बारेमा नविन कार्कीले विभिन्न जानकारी दिएका थिए ।

यस्तै राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले संविधान, सहकारी एेन २०७३ र स्थानिय निकायको विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडाल, राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष अोमदेवी मल्ल, सभाषद राजेन्द्र पाण्डे लगायतले सहकारी क्षेत्रमा सहकारी बैंकले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

हाल बैंकमा देशभरका ९ हजार २ सय सहकारी संघ संस्था सदस्य  रहेको र ८३ करोड शेयर रकम, करिब १२ अर्ब वचत, साढे ८ अर्ब लगानी रहेको  बैंकले जानकारी दिएको छ ।

३७ वटा शाखा मार्फत राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरुको वचत संकलन, कर्जा लगानी, बैंक जमानत, रेमिट्यान्स, रिचार्ज, सहकारी सम्बन्धी वकालत, जोखिम न्यूनिकरण, सहकारी शिक्षा तथा तालिम लगायतका काम गर्दै आइरहेको छ ।

प्रकाशित : २५ असार २०७४, आईतवार १३:०५