ग्लोबल आईएमई बैंकद्वारा रिलायबल डेभलपमेन्ट एक्विजिसन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमई बैंकद्वारा रिलायबल डेभलपमेन्ट एक्विजिसन



काठमाडौं, असार २६ । ग्लोबल आईएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत कारोबार सञ्चालन गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकीकृत कारोबारको उद्घाटन गरेका हुन् ।

रिलायबल बैंकको प्राप्तिपश्चात ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ९७ दशमलव ७० अर्ब, कर्जा लगानी ८२ अर्ब, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटीएम ११४, एक्सटेन्सन काउन्टर ५ वटा, ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाखभन्दा बढी पुगेको बैंकले जनाएको छ ।

२०६३ पुस १८ गते स्थापना भएको ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एन्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गरिसकेको छ । ११ वर्ष अघि स्थापित रिलायबल डेभलपमेन्ट बैंकले १७ वटा शाखामार्फत् बैंकिङ कारोबार गर्दै आएको थियो । उक्त बैंकको ८ अर्ब निक्षेप, ७ अर्ब कर्जा तथा १ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको थियो ।

ग्लोबल आईएमई बैंक नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नीतिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गर्ने गरेको बैंकले जनाएको छ ।

प्रकाशित : २६ असार २०७४, सोमबार ०५:१४