जब शेयर बजार गिरावटमा छ, यी ५ गल्ती नगर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

जब शेयर बजार गिरावटमा छ, यी ५ गल्ती नगर्नुस्



विभिन्न कारणले गर्दा शेयर बजारमा गिरावट अाउने क्रम चलिनै रहन्छ ।  अचानक हुने शेयर बजारको गिरावटका कारण लगानी कर्ता चिन्तित बन्ने गर्छन । तर जब शेयर बजारमा गिरावट अाउन थाल्छ यी पाँच बिषयमा तपाइ अडिक रहेर बस्न सक्नु नै बुद्धिमानी देखिन्छ ।

हडबडाहटमा शेयर नबेच्नुस

मुल समस्या भनेको नै यही हो । कति पय व्यक्ती शेयर बजारको उतार चढावका सहि पूर्वानुमान लगाउन सक्दैनन् । अन्तिममा शेयर बजारमा गिरावट अाउन शुरु हुन्छ अनि शेयर धमाधम बिक्रि गर्न थाल्छन । तर यो गलत कदम हो । तपाईले अबस्थालाई बुझे बिनानै हतारमा शेयर बेच्न हुदैन ।

 गिरावट अाएका कम्पनीमा धेरै लगानी नगर्नुस्

एउटा त्यस्तो गल्ती जो लगानीकर्ता हरेक क्षण गर्छन । शेयर बजार निरन्तर घटेको बेला  गिरावट अाएकै कम्पनीहरु धेरै किन्ने गर्छन । किन भने यस्ता तिब्र रुपमा गिरावट अाउने कम्पनीको शेयर किन्नु भन्दा अगाडी यसको अवस्थाको समेत ख्याल हुन अावश्यक छ ।  कुनै बेला राम्रो मानिएको कम्पनीको शेयर गिरावट अाएकै बेलामा हतपत खरिद गर्नाले तपाइले धेरै नोक्सान पनि बेहोर्न पर्ने हुन्छ ।  किनकी निरन्तर घट्ने शेयरको भविष्य के हुन्छ भन्न  कसैले सक्दैन ।

भविष्यवाणी र विकल्पबाट जोगिनुस्

जब मुल्य तिब्र गतिमा घट्छ तब  साना लगानी कर्ताले यो कुरा ध्यानमा राख्न अावश्यक छ कि  उनिहरुले कुनै पनि भविष्यवाणीको चक्करमा  पर्नु हुँदैन र यसको दोस्रो विकल्प देखाउनेहरुसंग पनि जोगिनु अावश्यक छ । किन भने के गर्ने भन्ने दुविधाजनक समयमा  धेरैनै जोखिम रहन्छ ।

प्रतिक्षा गर्नुस जब सम्म समस्या  सेटल हुदैन

प्रायः मानिसहरुले शेयर बजार गिरावटको बेलामा यो शेयर खरिद गर यो बेच भन्ने सल्लाह दिइनै रहेका हुन्छन । गिरावटको यस्तो समयमा तपाईले पनि सोच्नु हुन्छ के गर्ने ? यस्तो समयमा  तपाईले केही नगरि बस्दा नै  राम्रो हुन्छ ।  बजारले साना लगानीकर्तालाई लगानी गर्न धेरै नै अवसरहरु दिएको हुन्छ ।  जब तपाइ लामो अवधीको लागि शेयर बजारमा लगानी गर्नु भएको छ । त्यस कारण साना लगानी कर्ताले शान्ति संग पर्खिनुसकी त्यो समय अाउछ । जुन समय हो बजार अनिश्चत समयबाट गुज्रेर पूर्व स्थितीमा अाउछ ।

हतारले पछुतो

तपाईसंग कुनै कम्पनीको शेयर छ केही दिनदेखि निरन्तर गिरावटमा छ । हतासमा अाएर बेच्ने मुडमा हुनुहुन्छ भने एक पटक सोच्नुस । यदि मार्केट अचानक यू टर्न भयो भने  तपाइले बेचेको शेयर तपाईको नोक्सानीको अाधार बन्न सक्छ ।

 

प्रकाशित : २७ असार २०७४, मंगलवार ०५:२८