एनसेललाई लाभांश लैजान रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

एनसेललाई लाभांश लैजान रोक



काठमाडाै २६ असार । नेपाल राष्ट्र बैंकले एनसेललाई लाभांश र अन्य रकमको भुक्तानी लैजान रोक लगाएको छ। राष्ट्र बैंकले एनसेलको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्ड़ीङ लिमिटेडका तत्कालिन अन्तर्निहित स्वामित्वकर्ता कम्पनी टेलिया कम्पनी र हालको स्वामित्वकर्ता कम्पनी एक्जीएटालाई लाभांश वा अन्य कुनै रकम नेपाल बाहिर भुक्तानी नपठाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले बिदेशि बिनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११ ले दिएको अधिकार प्रयोग गरि एनसेलका स्वामित्वकर्ता कम्पनीलाई बिदेशी मुद्राको सटही सुविधा नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

प्रकाशित : २७ असार २०७४, मंगलवार ०८:०५