९ दशमलव ७९ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ७९ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २७ असार । मंगलबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से ९ दशमलव ७९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका सबै समुहले कमाएका छन ।मंगलबार कारोबारमा आएका १४९ कमपनीको १९ लाख ३० हजार ७ सय २ कित्ता सेयरबाट ९९ करोड ६२ लाख १६ हजार ६ सय ९४ रुपैयाको कारोबार भएको छ।

मंगलबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । मंगलबार इन्स्योरेन्स समुह ६० दशमलव ७९ अंकले उकाले लागेको छ। मंगलबार होटल समुह ३५ दशमलव २८ अंकले, जलविधुत समुह १५ दशमलव ८ अंकले, विकास बैक समुह १३ दशमलव ४८ अंकले, बैक समुह ७ दशमलव ९५ अंकले,फाइनान्स समुह ७ दशमलव ५२ अंकले, अन्य समुह २ दशमलव ३१ अंकले र उतपादनमुलक समुह ० दशमलव ६८ अंकले उकालो लागेको हो ।

प्रकाशित : २७ असार २०७४, मंगलवार ०९:२९