नेशनल हाइड्रो शेयर कारोबार खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल हाइड्रो शेयर कारोबार खुल्ला



 काठमाडौं, २८ असार । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर कारोबार खुल्ला भएको छ । नियामक निकाय धितोपत्र बोर्डले दिएको निर्देशनका आधारमा कम्पनीको शेयर खुल्ला गरिएको नेप्सेद्धारा जारी सुचनामा उल्लेख छ । कम्पनी अध्यक्षले अवैधानिक रुपमा कम्पनीको खाता सञ्चालन गरी रकम हिनामिना गरेको उजुरी बोर्डमा परेपछि बोर्डकै निर्देशनमा कम्पनीको कारोबार रोक्का भएको थियो । कम्पनीको शेयर कारोबार २१ दिनपछि खुलेको हो ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०८:३३