सरकारी कारोबार गर्ने बैंकहरुलाई राष्ट्र बैंकको यस्तो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारी कारोबार गर्ने बैंकहरुलाई राष्ट्र बैंकको यस्तो निर्देशन



काठमाडाैँ २८ असार । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई आगामी शनिबार पुरै दिन कार्यालय खोल्न निर्देशन दिएको छ । चालु आर्थिक बर्षको राजश्व दाखिला गर्ने अन्तिम दिन असार ३१ गते शनिबार परेपछि बैंक खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आईपीएस मार्फत भुक्तानी गर्ने व्यवस्था गर्न बैंकहरुलाई भनेको छ ।

साथै राजश्व बुझ्ने र राजश्व दाखिला सम्बन्धी चेकहरु समेत बुझिलिई सोही दिन सेटलमेन्ट हुनेगरी क्लियरिङ मार्फत राजश्व जम्मा गर्ने व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको छ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०८:५०