२ दशमलव ५५ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ दशमलव ५५ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २८ असार ।बुधबार नेप्से २ दशमलव ५५ अंकले उकालो लागेको छ। बुधबार बैँक, विकस बैक र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन । बुधबार कारोबारमा आएका १५१ कम्पनीको १९ लाख ४ हजार ६ सय ४६ कित्ता सेयरबाट ६३ करोड ४७ लाख ६८ हजार ३ सय ४२ रुपैयाको कारोबार भएको छ।
बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । बुधबार इन्स्योरेन्स समुह २७ दशमलव ७१ अंकले उकालो लागोको छ। बुधबार विकास बैँक समुह ७ दशमलव २९ अंकले र बैँक समुह ३ दशमलव ५९ अंकले उकालो लागेको छ ।
बुधबार फाइनान्स समुह १३ दशमलव ११ अंकले, होटल समुह ९ दशमलव ७ अंकले, जलविधुत समुह ६ दशमलव ७२ अंकले, र अन्य समुह ० दशमलव ५८ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०९:२९