मनिषा कोइराला दुई बर्षका लागि एनआइसी एसियाको ब्राण्ड एम्बासडर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मनिषा कोइराला दुई बर्षका लागि एनआइसी एसियाको ब्राण्ड एम्बासडर



काठमाडौं  २८ असार । अभिनेत्री मनिषा कोइराला दुई बर्षका लागि एनआइसी एसियाको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । बुधबार आयोजित कार्यक्रममा कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रिसालले प्रतिष्ठित व्यक्ति मनिषासँगको सहकार्यले बैंकको प्रवद्र्धनमा सहयोग पुग्ने आशा व्यक्त गरे । अभिनेत्री मनिषाले बैंकको प्रतिष्ठा, भिजनलाई देखेर आफूले ब्राण्ड एम्बासडरको प्रस्ताव स्वीकार गरेको बताइन । एनआईसी बैंक आफ्नो स्थापनको २०औं बर्ष प्रवेश गरेको छ । |

प्रकाशित : २८ असार २०७४, बुधबार १३:१५