अन्तराष्ट्रिय उडान आधा कटौती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तराष्ट्रिय उडान आधा कटौती



काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले ‘निःशुल्क भिसा र टिकट’ को विरोध  गर्दै एक सातादेखि गरेको आन्दोलनका कारण नेपाल उडान गरिरहेका अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले आफ्ना उडान आधाभन्दा बढीले कटौती गर्ने निर्णय गरेका छन् ।

व्यवसायीले निःशुल्क टिकट र भिजा राम्रो भएपनि छलफल र गृहकार्य बिना आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनको प्रत्यक्ष असर भने यहाँबाट विभिन्न विदेशी गन्तव्य जाने राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमदेखि उताबाट आउने दर्जनौं अन्तराष्ट्रिय वायुसेवा माथि परेको छ ।

व्यवसायीको आन्दोलनपछि अन्तराष्ट्रिय वायुसेवाका जहाजमा यात्रु संख्या ह्वात्तै घटेको छ जसका कारण उनीहरुका जहाज लगभग रित्तै’ उडिरहेका छन् । ध्वजाबाहक निगमका ठुला जहाजमा केही दिनदेखि एक तिहाइमात्र यात्रु हने गरेका छन् । अन्य अन्तराष्ट्रिय वायुसेवाले उडान संख्या आधाभन्दा बढीले कटौती गर्ने निर्णय गरेका छन् ।

खाडी मुलुक कतार, युनाइटेड अरब इमिरेट्स (युयई), बहराइन, ओमान लगायतबाट नेपाल आइरहेका वायुसेवा अहिले मारमा परेका छन् । व्यवसायीको आन्दोलनको असर श्रम बजारमा परेको छ । खाडीका अधिकांश वायुसेवाका यात्रु भनेका नेपाली कामदार हुन्  ।आजको नागरिकबाट

प्रकाशित : २९ असार २०७२, मंगलवार ०४:२९