यस कारण हिमालयन पावर पर्टनरको बाँडफाड पुरानै निर्देशिका बमोजिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यस कारण हिमालयन पावर पर्टनरको बाँडफाड पुरानै निर्देशिका बमोजिम



  • वासु रिजाल

अहिले देशमा बिभिन्न क्षेत्रका कानुनहरु तदारुकताका साथ बन्ने क्रममा छन् । कुनै किसिमको राजनितिक स्थिरता र कानुन बनाउने निकायले सक्रिय रुपमा कामगर्ने अवसर प्राप्त भएको बेला नेपालमा प्राय नयाँ कानुनहरु बन्ने र लागुहुने गरेका अनुभवहरु छन । निर्माण भएका कनुनहरु कहिले देखि लागुहुने भन्ने पनि तिनै सम्बन्धित कानुनहरुमा बोलिएका हुन्छन । सामान्यतया नियम कानुनहरु सम्बन्धित अधिकार प्राप्त निकाय र स्थानबाट जारी भएपछि नियम, कानुनमा नै उल्लेख भएको स्थान र समय अनुसार लागु हुनेकिसिमका हुन्छन । कुनै विषेश क्षेत्रकालागी कुनै ऐन, कानुन निर्माण भएको खण्डमा ती क्षेत्रको समस्या समाधान गर्न तिनै कानुनहरु प्रथमत प्रभावी हुन्छन ।

नियम कानुनहरु लागुहुँदा पुराना कानुनहरु भित्र रहेका सम्पुर्ण ब्यवस्था एकै पटक खारेज गरिएको हँुदैन । पुराना कानुनहरुद्धारा भए गरेका कार्यहरु पनि बैध हुन्छन् र नयाँ कानुन र नियम पुर्णरुपमा लागु नभए सम्म पुरानै कानुन बमोजिम कार्यहरु अगाडी बढ्दछन्, नयाँ कानुनले कुनै विषयमा थपकुरा गरेको रहेछ भने सोहि अनुरुप गर्न समेत निश्चित समयावधि कानुनमानै दिइएको हुन्छ ।

वासु रिजाल

कहिले काही नयाँ नियम कानुनहरु निर्माण भएर लागु हँुदा केहि दुविधाहरु पनि देखिने गरेका उदाहरणहरु छन । गत असार एक गते देखि तीन गते सम्म सर्वसाधारणको लागीे बिक्री खुल्ला रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयरको प्राथकिम निश्कासनमा पनि त्यस्तै देखिएको छ । त्यसमा नियमक निकाय धितोपत्र बोर्ड र विक्री प्रवन्धक ग्लोवल आई एम मि क्यापिटल सँग लागानीकर्ताहरुको एउटा प्रश्न बारम्बार आइरहेको थियो । यो सेयरको बाँडफा“ट धितोपत्रको पुरानै बाँडफाड  निर्देशिका, २०६८ बमोजिम बाँडफाड हुने वा नयाँ निर्देशिका, २०७४ बमोजिम बा“डफा“ट हुने दुविधा रहेको देखिन्थ्यो । उक्त सेयरहरुमा आवेदन गर्न सर्वसाधारणको सुचनाको लागी तयार परिएको विवरण–पत्रमा पुरानै प्रक्रिया द्धारा र आस्वा सेवा द्धारा पनि आवेदन गर्न सकिने ब्यवस्था गरिएको थियो । उक्त विवरण पत्रको (ग) १० (ङ) को प्रकरण नं. (क) मा यस विवरण–पत्र मार्फत जारी गरिएको साधारण सेयर खरिदको प्राप्त आवेदनहरु धितोपत्र निष्काशन तथा बाँडफाड निर्देशिका, २०७४ अनुसार आवेदकलाई धितोपत्र  गरिनेछ, भन्ने उल्लेख छ ।

धितोपत्र निष्काशन तथा बाँडफाड निर्देशिका, २०७४ को नियम ३० को प्रकरण नं. (१)मा धितोपत्र बाँडफाड प्रक्रिया सम्बन्धी ब्यवस्था उल्लेख छ, जस्मा धितोपत्र बाँडफाड गर्दा सर्व प्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाड गर्नुपर्ने छ, भन्ने उल्लेख छ । यसरी पुरानो निर्देशिकामा बढी रकम आवेदन गर्नेले बढी नै सेयर पाउने ब्यवस्था र नयाँ निर्देशिका बमोजिम भए जती रकम लगानी गरे पनि सबैले कम्तीमा दश कित्ता सेयर पाउने फरक प्रावधान भएकोकारणले नयाँ वा पुरानो कुन निर्देशिका बमोजिम हुने हो भन्ने सबै लगानीकर्ताहरुका लागी चासोको विषय भएको छ ।

धितोपत्र निष्काशन तथा बा“डफा“ट निर्देशिका, २०७४ को नियम ३० प्रकरण नं. (८)मा यस दफा बमोजिम बा“डफा“ट गर्ने सम्बन्धमा धितोपत्र खरिद (सार्वजनिक निष्कासन)सम्बन्धी निर्देशिका, २०७३ (आस्वा) बमोजिम दरखास्त दिनुपर्ने अनिवार्य ब्यवस्था भएको मिति देखि शुरु गर्नु पर्नेछ भन्ने उल्लेख छ । यसरी धितोपत्र निष्काशन तथा बाँडफाड निर्देशिका, २०७४ नै आस्वा अनिवार्य नभए सम्म नयाँ ब्यवस्था अनुरुपको बा“डफा“ट नहुने स्पष्ट पारेको छ । श्रावण महिना बाट मात्र आस्वा अनिवार्य हुने भनि धितोपत्र बोर्डले स्पष्ट गरीसकेको अवस्थामा असारमा बिक्रि आवेदन माग भएको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बाँडफाड पुरानै निर्देशिका बमोजिम हुने देखिन्छ ।

धितोपत्रको आवेदन लिदाका बखतमा आस्वा अनिवार्य नभएको व्यहोरा हिमालयन पावर पार्टनर लिमिटेड विवरण–पत्रमा स्पष्ट रहेको छ । धितोपत्र खरिद (सार्वजनिक निष्कासन)सम्बन्धी निर्देशिका, २०७३ (आस्वा) कहिले बाट लागु हुने भन्ने अधिकार निर्देशिकाको नियम (१) को प्रकरण नं.(२) मा निर्देशिका बोर्डले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको स्थानमा सोहि सुचनामा तोकिएको मिति देखि प्ररम्भ हुनेछ भन्ने उल्लेख भएको र बोर्डले यो निर्देशिका श्रावण बाट मात्र अनिवार्य लागु हुने भनेर तोकि सकेको अवस्थामा असारमा आस्वा अनिवार्य लागु नभएको स्पष्ट हुन्छ । त्यसैले असार भित्र अवेदन माग भएको धितोपत्रको बाँडफाड श्रावण वा जहिलेसुकै भएपनि पुरानै निर्देशिका बमोजिम हुने देखिन्छ ।

आस्वा भनेको धितोपत्रको खरिद प्रक्रिया सग सम्बन्धित विषय हो, यो धितोपत्रको बाँडफाड प्रक्रिया सग सम्बन्धित विषय होइन । त्यसैले आस्वा अनिवार्य भए नभएको हेर्न धितोपत्र आवेदन गर्दाको मितिलाई हेनुपर्ने हुन्छ धितोपत्रको बाँडफाड जुनसुकै मितिमा भएपनि फरक पदैन । धितोपत्रको आवेदन दिएको कम्पनीमा सतप्रतिशत आस्वा मार्फत आवेदन परेको अवस्थालाई मात्र आस्वा अनिवार्य भएको मान्नु पर्दछ । हिमालयन पावर पार्टनर लिमिटेडको धितोपत्रमा केहि रकम परम्परागत आवेदन मार्फत र केहि रकम आस्वा मार्फत आवेदन पर्नुले पनि असारमा आस्वा अनिवार्य नभैसकेकोले स्पष्ट हुन्छ र धितोपत्र बाँडफाड पुरानै निर्देशिका द्धारा हुने देखिन्छ ।

धितोपत्र निष्काशन तथा बाँडफाड निर्देशिका, २०७४ बमोजिम हुने भनि विवरण–पत्रमा लेखिएकोमा समेत सोहि निर्देशिकाको नियम ३५ को प्रकरण नं. (८)ले समेत पुरानै निर्देशिका अर्थात धितोपत्र बाँडफाड निर्देशिका, २०६८ बमोजिम नै हुनु पर्र्नेे देखिन्छ तर विवरण–पत्रमा लगानिकर्ता झुक्किने गरी किन विवरण राखियो त्यस प्रस्नको उत्तर कि त बिक्री प्रवन्धक ग्लोवल आई एम इ क्यापिटल लाई थाहा होला, कि त स्वीकृति दिने धितोपत्र बोर्डलाई नै थाहा होला ।

विक्री प्रवन्धकले केहि रकम आस्वा प्रणाली मार्फत र केहि रकम परम्परागत प्रणाली मार्फत आवेदन परेको जनाईसकेकोले गर्दापनि यस कम्पनीको प्राथमिक निस्काशनमा आस्वा प्रणाली अनिवार्य नभएको र आस्वा र परम्परागत प्रणालीबाटमात्र आवेदन स्वीकार गरिएको स्पष्ट छ । त्यसैले उक्त कम्पनीको विवरण पत्रको (ग) १० (ङ) उल्लेख भएको धितोपत्रको बा“डफा“ट धितोपत्र निष्काशन तथा बा“डफा“ट निर्देशिका, २०७४ बमोजम हुनेछ भनि उल्लेख भई लगानीकर्ताहरु झुक्किने गरी राखिएको भए पनि यहि बा“डफा“ट निर्देशिकाको नियम ३० को उप–नियम (८) बमोजिम आस्वा अनिवार्य लागु नभएको धितोपत्रको प्रथमिक निस्काशन भएकोले यो बा“डफा“ट निर्देशिका लागु नभइ पुरानै धितोपत्र बा“डफा“ट निर्देशिका अर्थात धितोपत्र बा“डफा“ट निर्देशिका २०६८ लागुहुने देखिन्छ ।

यस हिमालयन पावर पार्टनरको धितोपत्रको प्राथमिक निस्काशनको प्रकृया आवेदन प्राप्त गर्दै बाट शुरु भै सकेको र त्सस बखत विद्यमान ऐन,कानुन नियम अन्र्तगन प्रकृया अगाडी बढिसकेकोले अब धितोपत्र बोर्डले आफैले यस अघि निर्माण गरेका निर्देशिकाको विरुद्ध हुने गरी कुनै निर्देशनहरु दिनु पनि कानुन सम्वत नहुने भएकाले पनि यस कम्पनीको धितोपत्रहरुको बा“डफा“ट पुरानै धितोपत्र बा“डफा“ट निर्देशिका बमोजिम गर्नु पर्ने बाध्यता छ । यसरी लागानीकर्ताहरुलाई अलमलमा पार्ने गरी निति–नियमहरु बन्ने परिपाटीले धितोपत्र बजारको बिकासमा प्रतिकुल प्रभाव पार्दछ । धितोपत्र बजार भनेको विश्वासमा आधारित बजार हो । कम्पनीहरुले आफ्ना योजनाहरु विक्री गरी रकम सर्वसाधारण बाट संकलन गर्ने भएकाले पनि यसरी सर्वसाधारण सम्म पुग्ने विवरणहरु अलमल हुने किसिमका हुनु र सम्वन्धित पक्षहरु संबेधनसिल नहुनु समग्र बजारको लागी हितकर देखिदैन ।

लेखक  “लिटिगेटिङ कार्पोरेट लयर” हुन

माथि उल्लेखित विचार लेखक निजका हुन

प्रकाशित : २९ असार २०७४, बिहीबार ०७:३६