हुन्डाईले ल्यायो ‘जोएफुल जुलाई’ अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हुन्डाईले ल्यायो ‘जोएफुल जुलाई’ अफर



काठमाडौं  २९ असार । नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले “हुन्डाई जोएफुल जुलाई अफर” ल्याएको छ । यस अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाँउनेछन ।

विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै नै सार्वजनिक गरिएको यस योजना एकदम नौलो हो । कम्पनीको अनुसार योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इन्स्योरेन्स तथा रोड ट्याक्स (२०७४र/०७५) र स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँ सम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

यो योजना सिमित अवधीका लागि मात्र लागु हुने कम्पनीले जनाएकोे छ । चाडपर्व अगावै नै ग्राहकवर्गको मनसूनमा खुशियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : २९ असार २०७४, बिहीबार ०९:०६