अव इटाविना पनि सुरक्षित पर्खाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अव इटाविना पनि सुरक्षित पर्खाल



काठमाडौं २९ असार । नेपालमै पहिलो पटक अव इटाविना पनि सुरक्षित पर्खाल बनाउन पाइने भएको छ । सिमेन्टबाट बनेको ठूल्ठूला साइजका गोर्खा बाउण्डरी वालको उत्पादन सुरुपछि यस्तो अवसर मिलेको हो । गोर्खा प्रिकास्ट एण्ड विण्डोर प्राइभेट लिमिटेड चाँंगुरोड झौखेल भक्तपुरले घर, कार्यालय वा कारखानाको चारैतिरको कम्पाण्ड घेर्नका लागि विभिन्न साइजका ठूल्ठूला बाउण्डरी वालको उत्पादन थालेको हो । एक फिट चौडाई र आवश्यकता अनुसारको लम्वाई भएको बाउण्डरी उत्पादन कम्पनीले थालेको हो । आवश्यकता अनुसारको लम्वाई कारखानामै काटेर ल्याउन मिल्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन दुवालका अनुसार छिटो जडान यसको मुख्य विशेषता हो । ‘साधारण ६ आनाको घरको कम्पाउण्ड यो सामाग्रीको प्रयोगबाट चार पाँंच दिनमा बनाइसक्छ, उनले भने, जबकि इटाको प्रयोग गरी बनाउने हो भने महिनौं लाग्नसक्छ ।’
यसको प्रयोगबाट कम्पाउण्ड बनाउँंदा पछि भत्काउनु पर्दा पनि पुन प्रयोग गर्न मिल्छ । यसको प्रयोगबाट कम्पाउण्ड बनाउँंदा जग पनि धेरै हालिरहनु पर्दैन । यसको लागि दुईतिर ग्रुभ भएको एचविम गाडनु पर्छ । यसको निम्ति दुई फिट लम्बाई, दुई फिट चौडाई र दुई फिट गहिराई भएको खाल्डो खन्नु पर्छ । त्यसमा आधा बोरा सिमेन्ट बराबरको ढलान भरेर आठदेखि दस फिटको दुरीमा एचविम उभ्याउनुपर्छ । दुईटा एचविमको वीचमा पचास एमएमको गोर्खा बाउण्डरी वाल जडान गर्नुपर्छ । आवश्यकता अनुसार एचविमको ग्रुभ र प्यानको वीचमा पियफोम राख्नुपर्छ ।


निर्माणस्थलसम्म परम्परागत पर्खाल लगाउन जस्तो इटा, वालुवा, गिटी, सिमेन्ट लानुपर्ने झन्झटबाट मुक्त हुनु यसको अर्काे विशेषता हो । यो जडान गर्न परम्परागत पर्खाल बनाउन जस्तो पानीको आवश्यकता पनि पर्दैन । यसको जडानका लागि दक्ष कामदार आवश्यक पर्दैन । सजिलै जसले पनि जडान गर्न सक्छ । परम्परागत पर्खाल भन्दा बलियो तथा सुरक्षित हुनु यसको अर्काे मुख्य विशेषता हो । नौ इन्चको परम्परागत गाहो भन्दा बलियो हुने कम्पनीको दावी छ । भूकम्पको बेला पर्खाल भत्केर दुर्घटना भइरहेको बेला यो सुरक्षित भएको कम्पनीको दावी छ ।
यसको गुणस्तर कारखानामै चेक गरेर आउने हुन्छ । यो डण्डी भएको, एम २५ स्ट्रन्ट भएको हुन्छ । यसको निर्माणबाट पर्खाल बनाउँंदा प्लाष्टर गरिरहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ । यसले खर्चको पनि बचत गर्छ ।

यो निर्माणमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ स्वदेशी हुनु अर्काे मुख्य विषय भएको कम्पनी जनाउँंछ । इको फ्रेण्डली र प्राकृतिक श्रोतसाधन कम मात्रै प्रयोग हुने यो वाउण्डरी बनाउन प्रयोग हुने मेशिनमा क्लिन इनर्जी मात्रै प्रयोग हुने जनाइएको छ । भूकम्पपछि कम्पाउण्ड वाल बनाउँदा पाँंच फिट भन्दा उचाईको बनाउन नपाइने व्यवस्था छ । तर यसमा सजिलै फलामको काँंडेबार सजिलै जडान गर्न मिल्ने हुन्छ ।

इटा, व्लक, जस्ता, काँंडेबार भन्दा धेरै हिसावले सवैभन्दा वढी सुरक्षित र बलियो भएको दावी गरिएको छ । यो बनाउँदा ढलानकै बने पनि वीचमा प्वाल हुने भएकोले यसको घनत्व ३५ प्रतिशतसम्म कम हुने जनाइएको छ । इटाको गारोमा जस्तै दुईदेखि तीन फिट जग हाल्न आवश्यक नहुनु, डेकोरेशन गर्न परे सिधै वाल पटी र पेन्ट गर्न मिल्नु, तीन फिटसम्मको माटोको अर्थ प्रेसर धान्न सक्नु यसका विशेषताहरु हुन् ।
यो कम्पनीले यसका अलावा एक सय २० एमएमको फलोरको रुपमा प्रयोग गर्न मिल्ने पिस्टेस पिकास्ट हलो कोर स्ल्याब तथा यूपीभीसी र आल्मनियमको झयालढोका पनि बनाउँंदै आएको छ । यो गोर्खा इको प्यानलको भगिनी संस्था हो ।

 

प्रकाशित : २९ असार २०७४, बिहीबार ०९:२६