सनराइज बैँक द्वारा बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैँक द्वारा बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी



काठमाडौं २९ असार ।सनराइज बैँक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा रु. ५ लाखमा नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।
बैंकका निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापा जिल्ला, बिर्तामोड न.पा. वडा न ६ वस्ने हरि तिम्सिनाको सडक दुर्घटनामा परि निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा बैँकको सुरुङ्गा शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५,००,००० ।– बराबरको रकम हस्तान्तरण गरिएको छ । उक्त रकम बराबरको चेक बैँकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले मृतकका श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित : २९ असार २०७४, बिहीबार ११:०८