सेञ्चुरीको हकप्रद ४० प्रतिशत हकप्रद साउन १६ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेञ्चुरीको हकप्रद ४० प्रतिशत हकप्रद साउन १६ गतेबाट



काठमाडौं, ३० असार । सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर साउन १६ गतेबाट निष्काशन गर्ने भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको उक्त हकप्रद शेयरको लागि असार २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं  र  सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालय बाट आवेदन दिन सक्नेछन्। बैंक (CCBL) ले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारणसभाले पारित गरेको थियो । सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । यसअघि इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार थालिसकेको बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ ।

सबै वित्तिय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।

प्रकाशित : ३० असार २०७४, शुक्रबार ०६:३०