आउँदो बजेट ७ सय ३५ अर्बको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आउँदो बजेट ७ सय ३५ अर्बको



finance_ministry_nepal1काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७२/७३ को बजेटको आकार साविकको भन्दा बढाउने भएको छ । ७ सय ३५ अर्ब नघटाई बजेट ल्याउने अर्थ मन्त्रालयको तयारी छ ।

भूकम्पबाट प्रभावित भएकाहरुको पुनःस्थापना, भौतिक पूर्वाधार निर्माण लगायत बजेट बढी केन्द्रित गरिने अर्थ सचिव सुमनप्रसाद शर्माले बताए । उनले भने– बजेटको बढाउनुको विकल्प छैन ।

पुनःस्थापना र पुनःनिर्माणका लागि कति बजेट आवश्यक पर्छ भन्ने विषयमा अध्ययन भईरहेको समेत शर्माले बताएका छन् ।
सचिव शर्माले भूकम्पले चालु बजेटको लक्ष्य हासिल गर्न भने निकै चुनौती रहेको प्रस्ट्याए । शर्माका अनुसार जन धनको ठूलो क्षति भएका कारण लक्ष्य हासिल गर्न कठिनाई आउँछ ।

प्रकाशित : १ जेष्ठ २०७२, शुक्रबार ११:५८