चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो ।

कर फस्र्योट आयोगबाट राज्य आउनुपर्ने कर उन्मुत्ती दिएको भन्दै अख्तियारले शर्मालाई प्रक्राउ गरेको थियो । आयोगका अध्यक्ष रहेका महत र ढकाल भने फरार रहेका छन् ।

अख्तियारले विहीवारबाट मुद्दा दायर गर्ने तयारी गरेको थियो । आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०८:३६