लक्ष्मी लघुवित्तको खुद मुनाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी लघुवित्तको खुद मुनाफा कति ?



काठमाडौ, १ साउन  । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले जम्मा ६ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

२२ करोड रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा १६ करोड ९५ लाख रुपैयाँ राखेको छ भने निक्षेप ६६ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

त्यस्तै कर्जामा ५८ दशमलव शून्य २ प्रतिशतले वृद्धि गरी २ अर्ब १८ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । खुद ब्याज आम्दानीमा ६४ दशमलव ४२ प्रतिशतले बढेर २४ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७३ दशमलव ६८ प्रतिशतले बढेर १६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी लघुवित्तले प्रोभिजनमा १ करोड १५ लाख रुपैयाँ राखिएको छ ।

लक्ष्मी लघुवित्तको निष्कृय कर्जा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य ७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३८ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०९:०३