आन्तरिक राजस्व कार्यालयमा ग्लोबल आईएमईको शाखा « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

आन्तरिक राजस्व कार्यालयमा ग्लोबल आईएमईको शाखा



 काठमाडौं, १ साउन । ग्लोबल आईएमई बैंकले नयाँ अर्थिक वर्षको शुरुको दिन पारेर आन्तरिक राजस्व कार्यालयमा राजस्व संकलन गर्ने सेवा शुरु गरेको छ । बैंकले चार वटा आन्तरिक राजस्व कार्यालय लाहान, जनकपुर, धरान र तुल्सीपुरमा काउन्टर स्थापना गरी राजस्व संकलन सेवा शुरु गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालय गण्डकी, कोसी र नारायणीमा पनि राजस्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालयलगायतका सरकारी कार्यालयमा पनि राजस्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११२ शाखा, ११४ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर, ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार १०:१४