कामकाजी महिलाकालागि लगानी टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

कामकाजी महिलाकालागि लगानी टिप्स



अहिले पनि हाम्रो घर समाजमा  कति लगानी गर्ने अन्य कुन क्षेत्रमा लगानी गर्ने भन्ने बिषयको बारेमा निर्णय लिनेमा पुरुषहरु नै अगाडी छन। चाहे महिलाले पनि जागिर खान्छन तर लगानीको निर्णय पुरुषमा नै निर्भर रहेको हामी पाउछाै । यसको मुख्य कारण भनेको महिला लगानीका बारेमा त्यती जानकार हुँदैनन भन्ने अाम मान्यता छ । तर अहिले बिस्तारै महिलाहरु लगानीका क्षेत्रमा विविध कारणले अगाडि अाउने क्रम भने बढेको छ । यहाँ हामी महिलाका लागि लगानीका क्षेत्रबारे केही जानकारी दिने प्रयासमा छाै ।

सुन


महिलाको लागि सबै भन्दा राम्रो क्षेत्र भनेको नै यही हो । तपाई संग भएको सानो पुजी सुनका विभिन्न गहना तथा सामानहरु किनेर राख्नु हुन्छ भने पनि भोली अावश्यक परेको बखत बेच्न सकिन्छ । यसमा महिलाले थोरै बचत गरेर यसको खरिद गर्न सक्छन र चाहेको बेला बिक्री पनि गर्न सकिन्छ ।

बीमा


तपाई सानो जागिर खानुहुन्छ भने बीमा अबश्य गर्नुस । बढ्दो मह‌ंगी बिचमा कहिलेकाही निकै बिरामी परेको बेला खर्च गर्न सम्स्या हुन्छ । यसका लागि तपाईले स्वास्थय बीमा गर्न सक्नु हुन्छ । यसको साथै लाईफ इन्सोरेन्समा समेत जीवन बीमा गरेर लाभ लिन सक्नु हुन्छ ।

शेयर बजार


शेयर बजारको बारेमा धेर थोर जानकारी छ भने बजारमा लगानी गर्नुस । यसले तपाईको अाम्दानीलाई बढाउन सहयोग गर्छ । यसका लागि कुनै विशेषज्ञको राय लिएर वा बजारको अवस्थालाई बुझेर मात्रै लगानी गर्नुस किनकी नबुझेर गरेको लगानीले भोली तपाईलाई घाटामा समेत लैजान सक्छ । बुझेर लगानी गर्न सके घर खर्चबाट जोगाएको थोरै रकमले तपाईलाई लखपती पनि बनाउन सहयोग गर्छ ।

फिक्स डिपोजीट


अाज भोली धेरै बैकहरु छन । तपाईले चाहेको बैंकमा गएर सेवा लिन सक्नु हुन्छ । महिलाहरुका लागि भनेर बिभिन्न स्किमहरु समेत ल्याइएका हुन्छन । ति बैंकले तपाईले गरेको बचतमा राम्रो ब्याज समेत दिइरहेका हुन्छन । यसका लागि धेरै पैसा पनि चाहिदैन २ देखि ३ हजार साथमा भए एकाउन्टमा जम्मा गरि हाल्नुस ।

म्यूचूअल फन्ड


नेपालमा पनि बिस्तारै म्यूचूअल फन्डहरु फस्टाउने क्रममा छन । तर राम्रा योजनाहरु छान्न सकेको खन्डमा यसबाट महिलाहरुले धेरै फाइदा लिन सक्छन । तर यसको लागि तपाईले यस संग जानकारहरुको राय बेगर लगानी भने नगर्नुस । यसको पुर्ण जानकारी लिएर लगानी गर्दा मात्रै सहज हुन्छ ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०५:४३