सिभिल बैंकले ४०% हकप्रद ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकले ४०% हकप्रद ल्याउने



काठमाडौं २ साउन । सिभिल बैंकले ४०% हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १० बराबर ४ अनुपातमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने उद्देश्यले सिभिलले ४०% हकप्रद ल्याउन लागेको हो । चुक्ता पुँजी वृद्धि गर्नेक्रममा सिभिलले असार १८ देखि युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्सलाई एक्वायर गरेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ ।

 

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०६:०८