माछापुच्छ्रे बैंककाे साउन २२ गते विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंककाे साउन २२ गते विशेष साधारण सभा



काठमाडौं २ साउन ।  माछापुच्छ्रे बैंकले साउन २२ गते विशेष साधारण सभा बोलाएको छ । बैंकले पोखरा लेखनाथ महानगरपालिमा रहेको केन्द्रीय कार्यालय (रजिष्टर्ड कार्यालय) लाई काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा स्थनान्तरण गर्ने प्रमुख एजेन्डा राखेर विशेष साधारण सभा बोलाएको हाे । त्यस्तै, बैंंकको प्रबन्धपत्रको दफा ४ अन्तर्गत थप काममा आस्वालगायतका उपयुक्त प्रणाली थप्ने अर्को विशेष प्रस्ताव पनि पेस गरिंदैछ । बैंक सञ्चालक समितिको संरचना परिवर्तन गरी संस्थापक समूहका सेयरधनीहरुबाट ४ जना, सर्वसाधारण समूहका सेयरधनीबाट २ जना र स्वतन्त्र १ जना गरी कुल ७ जनामात्र रहने गरी सञ्चालक समिति कायम गर्ने प्रस्ताव पनि पेस गरिने भएको छ । विशेष साधारण सभा होटल पोखरा ग्रान्ड, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । यसका लागि बैंकले साउन ९ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ । यस्तै, बैंकले पुँजी बढाउन साउन ५ गतेदेखि १२% हकप्रद सेयर पनि निष्कासन गर्दैछ । बैंकले १० बराबर१.२ अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता सेयर निष्कासन गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर भदौ ७ गतेसम्म मात्र भर्न पाइनेछ ।

हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ हुनेछ । बैंकको यो हकप्रद सेयरमा जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहनेछ । एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी  बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

 

 

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०६:२७