ओम डेभलपमेन्ट बैंकले ३०% हकप्रद सेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओम डेभलपमेन्ट बैंकले ३०% हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं २ साउन । ओम डेभलपमेन्ट बैंक लिमिटेडले ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १०बराबर ३ काे  अनुपातमा १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । यसमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्रियस्तरको विकास बैंकलाई आवश्यक चुक्ता पुँजी पुर्याउन ओमले हकप्रदको बाटो रोजेको हो । पुँजी वृद्धिकै लागि ओम र मनास्लु विकास बैंक एकआपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । बैंकले यही चुक्ता पुँजीको ३०% हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ओमले २६ करोड ५७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाउँदा मनास्लुले पनि ४ करोड ५७ लाख ३८ हजार रुपैयाँ कमाएको थियो ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०८:४३