नेपाल इन्स्योरेन्सको सिइओमा विजय बहादुर शाह नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्स्योरेन्सको सिइओमा विजय बहादुर शाह नियुक्त



काठमाडौ २ साउन । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । गत असार २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नवनियुक्त शाहाले साउन ९ गतेदेखि इन्योरेन्सको कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । उनकाे कार्यकाल चार वर्षकाे लागि ताेकिएकाे छ ।

शाह यसअघि एनएलजी इन्स्याेरेन्स कम्पनीमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका थिए । एउटै कम्पनीमा २ कार्यकाल मात्र बस्न पाउने नियमका कारण उनले एनएलजी छोडेका थिए । यसअघि उनी नेपाल बीमक संघको अध्यक्ष थिए ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार १३:३८