नेशनल लार्इफले साउन २७ मा बोलायो एजिएम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल लार्इफले साउन २७ मा बोलायो एजिएम



काठमाडौँ ३ साउन ।नेशनल लार्इफ इन्स्योरेन्स कम्पनीले साउन २७ गतेका दिन २९‌औं बार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभामा २५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रश्ताव लैजाँदैछ। कम्पनीले बोनश शेयर जारी गरेलगत्तै ६० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने प्रस्ताव पनि साधारणसभामा लग्ने छ।
कम्पनीको अहिले चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ छ। कम्पनीले बोनश शेयर जारी गरेपछि एक अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ। बोनश पछिको हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि शेयर दाखिल खारेजको कार्य साउन ८ देखि २७ गतेसम्म बन्द रहने जनाएको छ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलवार १०:३८