सिप हुनेलाई बुढेसकालले छेक्छ र ? ७५ वर्षको उमेरमा यसरी अर्बपती बने केएफसीका मालिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सिप हुनेलाई बुढेसकालले छेक्छ र ? ७५ वर्षको उमेरमा यसरी अर्बपती बने केएफसीका मालिक



के तपाईले  हारल्याण्ड स्यान्डर्सको नाम सुन्नु भएको छ ? सुन्नु भएको छैन भने कुनै समस्या नि छैन । तर तपाईको जिब्रोले एउटा स्वाद त चाखेकै होला ? हो त्यही स्वाद केएफसीको लोगोमा देखिने बुढा मान्छे नै हुने केएफसीका फाउन्डर हारल्याण्ड स्यान्डर्स ।

यो अचम्म मान्नु पर्ने बिषय छ कि केएफसीको स्वाद मानिसले जिब्रोबाट भुलाउन सकेका छैनन । तर ति व्यतीलाई चिन्न र जान्न भने कमले चासो देखाएका छन । सैन्डर्सलाई केएफसीको हरेक बोर्डमा देख्न सकिन्छ । अाखामा चस्मा, सेतो सुट, कालो टाइ र लठ्ठि समातेका ति बुढाको कथा एउटा क्षेप्यास्त्र जस्तै छ । उनले ६५ बर्षको उमेरमा केएफसीको स्वादलाई विश्वभरका मानिसको जिब्रोमा पुर्याउन सफल भए । हो अाज ति नै केएफसीका फाउन्डर हारल्याण्ड स्यान्डर्सकाे जिवनी यहाँ प्रस्तुत गर्न खोजेका छाै ।

६५ बर्षको उमेर सम्मको मानिसका बारेमा हामीले सोच्याै भने लगभग त्यो मानिस नयाँ सोच र जागर मरि सकेको हुन्छ मात्र उ संग पुराना अनुभव बाहेक केही हुँदैन । हारल्याण्ड स्यान्डर्सले अाफ्नो यो ६ दशकको जीवनमा अर्थात पेन्सन पाउने उमेर फुडको दुनियामा क्रान्ति नै ल्याए । हो उनले ६५ बर्षको उमेरबाट नै केएफसीको बारेमा खोज गरेर अहिले सम्म यो नाम बिश्व भर प्रख्यात छ ।

उनले ७५ बर्षको उमेरमा अाएर तय गरे कि अाफ्नो कम्पनीको क्षमता विश्वभर प्रशिद्ध हुने छ । उनले यसको लागि हरेक बर्ष 2,50,000 माइलको यात्रा पनि गरे । यही यात्रामा उनि विश्वको जुन कुनामा पुग्थे त्यहाँ अाफ्नो ब्रान्डको बारेमा मीडियामा प्रमोट पनि गरे । अाज हारल्याण्ड स्यान्डर्सको कम्पनी दनिया भर ११५ भन्दा बढी देशमा रुचाइएको छ । र यसको बिशेषता भनेकै फ्राइड चिकन रेसिपी धेरैनै मनपराइएको छ ।

हारल्याण्ड स्यान्डर्सलाई सामाजिक सुरक्षाबापत केही रकम हात पर्थ्यो । त्यही पहिलो चेकले उनको जिवननै बदलदियो । उनलाई १५० डलर पेन्सन हात परे पछि उनले भविष्यमा अन्तराष्ट्रियस्तमा प्रख्यात गर्ने माध्यमको रुपमा अाए । उनि खाने र खुवाउनेमा निकै शाैखिन मानिन्थे । त्यही क्रममा उनले बनाए फ्राइड चिकेनको स्वाद जो अहिले सम्म चर्चित छ । उनले यही स्वादलाई विश्वका कुना कुनामा पुर्याउने अठोटका साथ लागे ।

केएफसीका रोचक तथ्यः
– केएफसीका फाउन्डर हारल्याण्ड स्यान्डर्सको अनुहार नै केएफसीको लोगोमा प्रयोग गरिएको हो ।
– करोडपती भइसकेपछि पनि स्यान्डर्सले सधैं एकै प्रकारको लुगा लगाए ।
– केएफसीको एउटा लोगो अन्तरिक्षबाट पनि देखिन्छ । यो लोगो ८७ हजार वर्ग फिटमा बनेको छ ।
– केएफसी सफल हुनुमा स्यान्डर्सलाई भाग्यले पनि थुप्रै पटक साथ दिएको छ । सुरुवाती अवस्थामा उनका एक सबैभन्दा ठूला प्रतिस्पर्धीलाई हत्याको अभियोगमा जेल पुर्याइयो । उनी जेल गएपछि केएफसीको मार्केट शेयर श्वतः बढ्यो ।
– सन् १९९१ मा केन्टकी फ्राइड चिकनलाई केएफसीको नामबाट आधिकारिक रुपले चिनियो ।
– त्यतिबेला ‘फ्राइड’ शब्दलाई हेल्थमा नराम्रो असर पार्ने भनेर हेरिन थालिएको थियो । यसबाट बच्नको लागि कम्पनीको नाम केएफसी राखिएको थियो ।
– केएफसी बिक्रिको हिसाबले संसारको दोस्रो ठूलो रेष्टुरेन्ट चेन हो ।

 

केएफसीलाई बिश्वभर चिनाउने उनको प्रयास भने सहज भएन । यसको लागि सैन्डर्सले शुरुवात अाफ्नै स्थानबाट गरे । उनले घर घरमा गएर अाफुले बनाएको स्वादको बारेमा जानकारी दिने काम पनि गरे । तर यस्तो गर्दा पनि उनले फाइदा नदेखे पछि उनले होटलमा गएर चिकेन बनाउन थाले । तपाईलाई यो जानेर अचम्मित बन्नुहुने छ। किनकी सुरुवातमा उनले बनाएको चिकेनको स्वाद १००८ जनाले अस्विकार गरेका थिए । उनले यो शर्तमा काम गरेका थिए कि हरेक चिकेनबाट पाच सेट भुक्तानी गर्ने करार सम्झाैता गरे ।

हारल्याण्ड स्यान्डर्सले चिकेनलाई स्वादपुर्ण बनाउन कुन मसलाको प्रयोग गर्थे भन्ने कुरा गोप्य राखे । यसका लगि उनले हरेक मसला होटलमा मगाउथे । केएफसीमा जुन मसला मिसाइन्छ त्यसलाई आधुनिक समयको सबैभन्दा ठूलो राज मानिएको छ । केएफसीको वेबसाइटका अनुसार यो रेसिपीमा ११ मसला मिसाइन्छ । स्यान्डर्सले सन् १९३३ मा आफ्नो यो रेसिपीलाई अन्तिम रुप दिएका थिए  ।

बिस्तारै उनको स्वादले हरेक मानिसमा प्रभुत्व जमाउदै रहयो । यो संगै उनको गोप्य रेसिपीको बारेमा भने कसैले पर्दा उठाउन सकेनन । यस पछि केएफसी बिस्तारै प्रसिद्ध बन्दै गयो । अज यो विश्वका धेरै देशका मानिसहरुको जिब्रोमा झुन्डिने क्रम रोकिएको छैन । सैन्डर्सले यो कम्पनी चर्चीत भए पछि २० लाख डलरमा बेचे । तर उनि यो कम्पनीको प्रबक्ताको पदमा भने रहिनै रहे । एजेन्सीको सहयोगमा

प्रकाशित : ४ श्रावण २०७४, बुधबार ०६:५७