एन आर एन कोरियाको बरिष्ठ उपाध्यक्षमा गुरूङको उमेद्वारी ( यस्ता छन एजेन्डा ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन आर एन कोरियाको बरिष्ठ उपाध्यक्षमा गुरूङको उमेद्वारी ( यस्ता छन एजेन्डा )



दक्षिण कोरिया ४ साउन । एन आर एन कोरियाका उपाध्यक्ष तथा रेष्टुरेन्ट व्यवसायी विपिन गुरूङले बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने भएका छन् । विगत १७ बर्ष देखि कोरियामा रहेर ब्यापार ब्यबशाय गरेका गुरुङले १५ बर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशील रहेको बताएका छन् ।

पूर्व भलिवल खेलाडी समेत रहेका गुरुङ बागलुङ सम्पर्क समितीको संरक्षक ,नेपाल ब्याटमिन्टन संघ कोरियाको अध्यक्ष समेत हुन् । आफुले सामाजिक क्षेत्रमा कार्य गरेको भन्दै उनले बरिष्ठ उपाध्यक्षमा सहयोग गर्न सबै कोरियाबासी नेपालीहरूलाई अपिल गरेका छन् ।

कोरियाको सोलमा मात्र ३ वटा दर्शन नमस्ते नामक चेन रेस्टुरेन्ट खोलेर ब्यबशाय गरेका गुरुङ यस अघि पनि कार्यसमितीमा उपाध्यक्षको भुमिका निर्बाह गरिसकेका छन् ।

यस्ता छन एजेन्डा
१. एन आर एन कोरियालाई कोरियामा बैधानिक रूपमा दर्ता गर्नको लागी सबैको सहयोग जुटाउन पहल गर्ने ।

२. ६० लाख देखि ८० लाख रूपैँया सम्मको एक आपतकालिन अक्षयकोषको निर्माण गर्ने र त्यसको ब्याजबाट आपतमा परेका नेपालीहरूलाई सहयोग गर्ने ।

३. अक्षयकोष निर्माणका लागी व्यवस्थित र पारदर्शी बनाउन बिभिन्न क्षेत्रका व्यक्तिहरू सम्मेलित चुस्त र दुरूस्त टिम निर्माण गर्ने ।

४. नेपाल र कोरियाका सामाग्री आयात(निर्यात गर्ने उदेश्यले ‘नेपाल मेला’को आयोजना गर्ने । र सो मेलामा कोरियाका व्यवसायी र संसारभर रहेका एन आर एनका अध्यक्ष तथा प्रतिनिधीलाई निम्ता गर्ने ।

५. कोरियामा रहेका नेपालीहरूको लगानीमा नेपालमा ‘कोरिया मार्ट’ सन्चालन गर्ने ।

६. सबै संघ संस्था संग हातेमालो गर्दै नेपालीहरूको हितमा अधिकतम कार्य गर्ने ।

७. अग्रजहरूको कार्य र उनिहरूको भूमिकालाई कदर गर्दै अगाडी बढ्ने र नेपाल हाउसलाई दिर्घकाल सम्म सन्चालनका लागी पहल गर्ने ।

 

प्रकाशित : ४ श्रावण २०७४, बुधबार १२:४७