ज्योति विकास बैंकले थप्यो दुई एटिएम बुथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकले थप्यो दुई एटिएम बुथ



काठमाण्डौ, साउन ५ । ज्योति विकास बैंक लि.ले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहबाट एटिएम सेवा सञ्चालनमा ल्याएकोछ । यो सेवाबाट बैंकका ग्राहक लगायत VISA सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सक्ने छन् ।

यी दुई एटिएम सहित बैंकले जम्मा १४ वटा एटिएमबाट देशका विभिन्न स्थानहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले निकट भविष्यमा अन्तराष्ट्रिय कम्पनी ख्क्ष्क्ब् संग आवद्घ भई थप सेवा विस्तार गर्ने जनाएकोछ ।

राष्ट्रियस्तरको यस विकास बैँकले देशभर ३२ वटा शाखा र १ एक्स्टेन्सन काउण्टर मार्फत बैङ्किग सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने योजनामा छ ।

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार ०६:४४