भास्कोको ट्राभल तथा टुर सेवा नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भास्कोको ट्राभल तथा टुर सेवा नेपालमा



काठमाडौ ५ साउन । दुवही अवस्थित भास्को वल्र्ड वाईडले आफ्नो सेवा मिडल इष्ट, युरोप, नर्थ अमेरिका र एसिया प्यासिफिकमा आफनो सेवा प्रदान गर्दै आईरहेको छ । नेपालमा पहिलो सेवाको सुरुवात गर्ने भएको छ ।
भास्कोले नेपाल अवस्थित आफ्नो कार्यालयले ट्राभल इन्सुरेन्स, ट्राभल लाइफ स्टाइलको सम्पूर्ण सेवा आफ्नो ग्राहकलाई एउटै ठाउँबाट प्रदान गर्ने भएको छ । सो सेवा व्यक्तिगत ग्राहक तथा व्यवसायिक फर्महरुका लागि पनि हुने जनाएको छ ।
ट्राभल इन्सुरेन्स भईपरि आउने सुरक्षा र सुरक्षित यात्राको लागि भएको हुँदा भास्को वल्र्डवाईडले नेपाल अवस्थित आफ्नो कार्यालयबाट अन्तराष्ट्रिय संस्थासँग साझेदारी गरी ट्राभल इन्सुरेन्सको सेवा प्रदान गर्ने र ट्राभल गर्दा चाहिने आवश्यक सबै प्रकारका कागजपत्र तथा सेवाहरु यात्री बर्गलाई प्रदान गर्ने जनाएको छ ।
संसारभरि अवस्थित भास्को वल्र्डवाईड कम्पनीले आफ्नो सुरुवातको दिनदेखि यात्री बर्गहरुलाई सम्पूर्ण ट्राभलसँग सम्बन्धित जानकारी तथा सेवाहरु आफ्नो साझेदारी संस्थासँग आवद्ध भई प्रदान गर्दै आईरहेको छ । भास्को वल्र्डवाईडका प्रमुख कार्यकारी अधिकृत महेश आँचनका अनुसार – नेपालमा पहिलो पल्ट सेवा सुरुवात गर्न र ट्राभल बजारकोे विकास र सरल तथा सजिलो बनाउन स्थानीय बजारमा आफ्नो सेवा सुरुवात गरेको र यस सुविधाले संसारभरी ट्राभल गर्न इच्छुक यात्री बर्गहरुलाई सजिलो तथा सस्तोमा सेवा प्रदान गर्ने जानकारी दिनु भएको छ ।
भास्कोले ललितपुर स्थित लगनखेलमा अवस्थित एकाडेमी अफ कुलनेरी आर्ट विल्डिङ्गमा आफ्नो कार्यालयको स्थापना गरेको छ । यात्रीलाई आफ्नो सेवा कम्प्युटरको एक क्लिकमा जहाँ, जुनसुकै स्थानबाट पनि कम्पनीको वेवसाईट www.onevasco.com. बाट हुने जानकारी गराएको छ ।

 

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार ०९:५९