मुक्तिनाथको खुद नाफामा ३८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथको खुद नाफामा ३८ प्रतिशतले वृद्धि



काठमाडाै ६ साउन । मुक्तिनाथ विकास बैंकले गएको आर्थिक बर्षमा निक्षेप संकलन ४८ दशमलव ७६ प्रतिशतले वृद्धि गरेर १६ अर्ब ७७ करोड पुर्याउन सफल भएको छ । त्यस्तै, कर्जा लगानी ५४ दशमलव ६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड पुगेको छ ।

मुक्तिनाथको खुद मुनाफा ३८ दशमलव ३० प्रतिशतले वृद्धि भई ४९ करोड ६३ लाख पुगेको छ । बैंकका आफ्ना वित्तीय सूचकांकहरु प्रति शेयर वार्षिक आम्दानी ३२ दशमलव ११ प्रतिशत, प्रति शेयर कुल सम्पत्तीको मूल्य एक हजार २७८ दशमलव २९ रुपियाँ, मूल्य आम्दानी अनुपात ३० दशमलव २४, (वार्षिक) तरलता अनुपात २२ दशमलव ६७ प्रतिशत कायम भएको छ ।

त्यस्तै, प्रतिशेयर नेटवर्थ १४९ दशमलव ८० रुपियाँ र पुँजीकोष अनुपात १४ दशमलव ९६ प्रतिशत पुर्याएको छ भने न्यून खराब कर्जा शुन्य दशमलव ०२ प्रतिशत कायम भएको छ । अघिल्लो बर्ष शुन्य दशमलव ०९ प्रतिशत रहेको थियो ।

प्रकाशित : ६ श्रावण २०७४, शुक्रबार ०४:३६