मेरो माइक्रोफाइनान्सको यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेरो माइक्रोफाइनान्सको यस्तो छ प्रगति



काठमाडौं, ६ साउन  । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ९ करोड २८ लाख रुपैयाँ कमाएको,जुन गत वर्षको २२ दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ७ करोड ५६ लाख रुपैयाँ कमाएको थियो ।

२२ करोड रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रोफाइनान्स  ले जगेडाकोषमा १६ करोड ९७ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १०२ दशमलव ०२ प्रतिशतले वृद्धि गरी ४९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ६३ दशमलव ७४ प्रतिशतले वृद्धि गरी २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा २० दशमलव ३३ प्रतिशतले वृद्धि गरी १४ करोड २२ लाख रुपैयाँ कमाएको छ ।

मेरो माइक्रोफाइनान्सको पूँजीकोषको अनुपात १६ दशमलव ३० प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ४२ दशमलव १९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५२ दशमलव २४ गुणा र तरलता अनुपात ६ दशमलव ६९ प्रतिशत गरेको छ ।

प्रकाशित : ६ श्रावण २०७४, शुक्रबार ०४:५१