स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित



काठमाडौं ६ साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्यूर्योकमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेष्ट कन्जुमर डिजिटल बैंकस् प्रतियोगिताको पहिलो चरणको विजेताको घोषणा ग्लोबल फाइनान्सले गरेको छ ।

प्रतियोगितामा स्ट्याण्डर्ड चार्टर्ड लगायतका अरु बैंकहरु छानिएका छन् । ग्राहकलाई डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफल भएका बैंकहरु उक्त प्रतियोगितामा छानिएका छन् । साथै, विजेता बैंकहरु डिजिटल ग्राहकहरुको वृद्धि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेब/मोबाइल साइट डिजाइन र कार्य क्षमताको आधारमा छानिएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विजेताहरु इन्फोसिस्, विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनीको उच्चस्तरीय निर्णयक मण्डलले छानेका हुन् । ग्लोबल फाइनान्स इडिटर्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए ।

यस बैंकले लगातार तीन पटक उक्त अवार्ड हासिल गरेको हो । यसै महिना यस बैंकले इरोनोमीद्वारा प्रस्तुत गरिएको सम्माननिय नेपालस् बेष्ट बैंक २०१७ को अवार्ड पनि हासिल गरेको थियो ।

प्रकाशित : ६ श्रावण २०७४, शुक्रबार १३:४४