वाणिज्य बैंकको कर्मचारी संघको वार्षिकोत्सब सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंकको कर्मचारी संघको वार्षिकोत्सब सम्पन्न



काठमाण्डौं, ७ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको २८ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एक समारोहका बीच २८ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको गरेकि हुने । सो अवसरमा उपाध्यक्ष शाक्यले संघिय गणतन्त्रको अवस्थामा आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै ट्रेड यूनियन आन्दोलनमा मजदुर र ब्यवस्थापन बीचको समस्या वार्ता र छलफलबाटै समाधान गरिनुपर्ने बताएकि छन् ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकका अध्यक्ष बेद बहादुर लावतीेको अध्यक्षतामा आयोजीत कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान भएको थियो ।

उक्त २८ औं वर्षिकोत्सव अवसरमा ८६ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका छन् ।

प्रकाशित : ७ श्रावण २०७४, शनिबार ०८:५८